झापा / साताको अन्तिम कारोबारी दिन आज (शुक्रबार) प्रि–ओपनिङ सेससनमा नेप्से २.८६ अङ्कले बढेको छ। 

साढे १० बजेदेखि पौने ११ सम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेको हो। 

OM Sai Pathibhara Hospital

यो अवधिमा कारोबारमा आएका १६ कम्पनीहरुको २ हजार ८९० सेयर किनबेच हुँदा ७ लाख ५ हजार ७७४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीहरूमा दुई वटाको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। 

प्रि–ओपनिङमा नेप्से २.८६ अंकले बढेर २ हजार २४१ बिन्दुमा अडिएको छ। सेन्सेटिभ पनि ०.७६ अंकले बढेको हो। यस अवधिमा सबैभन्दा धेरै मेगा बैंकको सेयर कारोबार भएको छ। बैंकको ५ लाख ४७ हजार बढीको कारोबार भएको हो।