काठमाडौं / अर्थ मन्त्रालयले बजेट सम्बन्धि विधेयकहरु छपाइका लागि मुद्रण विभाग पठाएको छ। मन्त्रालयले शनिबार विभागमा ४ विधेयक छपाइका लागि पठाएको हो।

जसमा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइका लागि पठाएको हो। आगामी आर्थिक वर्ष २०७९र८० को बजेट आइतबार संसदको दुवै सदनमा पेस हुँदैछ। अर्थमन्त्रालयले बजेटको सबै तयारी पुरा गरेको छ।

OM Sai Pathibhara Hospital

केही कर दरबारे बजेट टिमले शनिबार बेलुका टुंगो लगाउनेछ। यो बाहेक सबै विषय मन्त्रालयले टुंगोमा पुर्‍याइसकेको छ। रातो किताबको समेत छपाइ सुरु भइसकेको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटको सैद्धान्तिक विषयमा सभामुख अग्नि सापकोटा समक्ष ब्रिफिङ गरिसकेका छन्। यस्तै शनिबार संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण मन्त्रालयहरुको प्रगति विवरण पेस गर्ने कार्यक्रम छ।