काठमाडौं / सरकारले पेट्रोलिमय पदार्थमा लाग्दै आएको पूर्वाधार र भन्सार शुल्क घटाउने निर्णय गरेको छ ।  

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएसँगै १० जेठमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको हो।

OM Sai Pathibhara Hospital

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए।

बडुले संसद्मा बोल्दै भने –‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर अर्थमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मा दिएको छ। अर्थले हिसाबकिताब गरेर कार्यान्वयनमा ल्याउनेछ।’

स्रोतका अनुसार केपी शर्मा ओली सरकारका पालामा बढेको पूर्वाधार कर र भन्सार दर घट्नेछ। केपी सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार कर प्रतिलिटर ५ र भन्सार दर १० रुपैयाँ बढाएका थिए। अहिले पूर्वाधार कर लिटरमा १० रुपैयाँ छ।

तत्कालका लागि पूर्वाधार कर लिटरमा ५ र भन्सार ५  रुपैयाँ घटाउने गरि प्रक्रिया अगाडि बढाइने बताइएको छ । 

सरकारले पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अनुसार मूल्य समायोजन गर्दै आएको थियो। पछिल्लो दुई सातामा पेट्रोल, डिजल, मट्टितेल लिटरमा १० रुपैयाँ बढाएको थियो। अहिले पेट्रोल लिटरको १८० र डिजल तथा मट्टितेल लिटरको १६३ रुपैयाँ छ।