काठमाडौं / भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध पछि फेरी पनि अत्यावश्यक खाद्यान्न चामलको निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

भारतमा पर्याप्त उपलब्धता र मूल्यवृद्धि हुन नदिनका लागि भारत सरकारले चामल लगायतका अत्यावश्यक खाद्यान्नको निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको हो ।  

OM Sai Pathibhara Hospital

विश्वकै दोस्रो ठूलो चामल उत्पादक देश रहेको भारतले सन् २०२१/२२ मा १ सय ५० देशहरूमा चामल निर्यात गरको छ ।

भारतले सन् २०२२ का लागि ६ दशमलब ११५ अर्ब डलरको गैर बासमती चामल निर्यात गरेको थियो ।

सरकारी अधिकारीहरूका अनुसार सरकारले मुख्यगरी पाँच वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

चामलमा लगाइने प्रतिबन्ध कोटाका आधारमा हुने जनाइएको छ । भारतले यसअघिको निर्णयमा चिनीमा पनि १ करोड मेट्रिक टन बराबरको मात्र निर्यात गर्न सक्ने गरी क्याप लगाइसकेको छ ।

हाल भारतमा रिटेल मुद्रास्फिति आठ वर्ष यताकै उच्च बिन्दू ७ दशमलब ७९ प्रतिशतमा पुगेपछि सरकारले नियन्त्रणका लागि आवश्यक कारवाही अघि बढाएको हो ।