काठमाडौँ / नेपाल राष्ट्र बैंकले ५ वर्षको अवधिका लागि बिहीबारदेखि नागरिक बचतपत्रको आवेदन खुला गरेको छ ।

न्यूनतम १० हजार रुपैयाँ देखि लगानी गर्न सकिने नागरिक बचतपत्रका लागि जेठ ३१ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

OM Sai Pathibhara Hospital

कुल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा नेपाली नागरिकले लगानी गर्न सक्नेछन् भने बचतपत्रमा लगानी गरे वापत वार्षिक ११ प्रतिशत ब्याज पाइन्छ ।

६–६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिन्छ ।

आगामी असार ८ गते यसको निस्कासन मिति तोकिएको छ भने २०८४ असार ८ गते साँवा रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । 

बचतपत्रमा लगानी गर्नेलाई बीचमै पैसा आवश्यक परेमा बैंक तथा वित्तीय संस्थामा यहीं पत्र धितो राखेर ऋण लिन सकिन्छ ।

राष्ट्र बैंकको वेबसाइटमार्फत मोनिटरी म्यानेजमेन्टमा गई अनलाइन प्रणालीबाट बचतपत्रमा आवेदन दिन सकिन्छ भने आवेदन दिँदा नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ ।