काठमाडौं / विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

OM Sai Pathibhara Hospital

कम्पनीले निष्कासन गरेको १५ लाख कित्ता मध्ये ७५ हजार कित्ता सामूहिक लगानी कोष र ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ भने बाँकी रहेको १३ लाख ६५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

आइपीओमा जेठ २० देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।