झापा / नेपाल राष्ट्र बैंकले बैंकहरूको ब्याजदरलाई कडाइ गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले आर्थिक पर्ष २०७८/०७९ को मौद्रिक नीतिको समीक्षा मार्फत विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरुलाई यथावत् राख्ने बताएको हो।

OM Sai Pathibhara Hospital

बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको भन्दै ब्याजदरका साथै अन्य छनौट पूर्ण उपकरणहरू अपनाउने जनाएको छ । 

केन्द्रीय बैंकले मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवर्द्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने समेत समीक्षामा बताइएको छ।