काठमाडौँ / सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अङ्कले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अङ्कमा पुगेर बन्द भएको छ ।

नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ । नेप्सेमा बिहीबार २३ लाख  २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

OM Sai Pathibhara Hospital

नेप्सेमा बुधबार कारोबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अङ्कले सुधार आएको थियो ।

नेप्से परिसूचक वृद्धि  भए पनि कारोबार रकममा भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अङ्कले बढेर चार सय ३६.४७ अङ्कमा पुगेको छ ।