आर्थिक

    Showing 3,281-3,290 of 4,329 items.
  • बढ्यो हवाई भाडा, काठमाडौं–भद्रपुर रुटको भाडा १२ हजार ८०५ रुपैयाँ

    बिर्तामोड / नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरूले समेत हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडादर बढाएको हो । यसअघि उडान हुने गन्तव्यमा १७० रुपैयाँदेखि ८ सय ४० रुपैयाँसम्म भाडादर बढेको छ । भाडा बढेसँगै अब काठमाडौं–भद्रपुरको भाडादर १२ हजार ८०५ रुपैयाँ पुगेको छ । संघले बढेको नयाँ भाडादर बुधबारदेखि लागू हुने जनाएको छ । आइतबार राती १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १९ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढाएको हो ।

    • प्रकाशित मितिः असार ६, २०७९
    • 224 पटक पढिएको
  • फेरि बढ्यो गाडी भाडा, कुन ठाउँको कति ? (दरसहित)

    झापा / पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै पछिल्लोपटक भाडा बढाएको १० दिन नपुग्दै सरकारले पुनः सार्वजनिक यातायातको भाडा बढाएको छ ।यातायात व्यवस्था विभागले सोमबार देखि लागू हुनेगरी अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा समायोजन गरेको हो ।जसअनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी ७.७ प्रतिशत भाडा वृद्धि गरिएको छ ।नेपाल आयल निगमले आइतबार राति पेट्रोल लिटरको २१ रुपैयाँ र डिजल २७ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।मूल्य बढेसँग

    • प्रकाशित मितिः असार ६, २०७९
    • 138 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आइतबारको तुलनामा आज (सोमबार) सूनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य दुई सय रुपैयाँले बढेर आज सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य भने सोमबार स्थिर छ। आइतबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८४३.७४ डलर छ। आइतबारभन्दा प्रतिऔंस ३.४९ डलरले बढेको हो । चाँदी प्रतिऔंस २१.७४ डलर छ। शुक्रबार २१.६८ डलर थियो।

    • प्रकाशित मितिः असार ६, २०७९
    • 124 पटक पढिएको
  • पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्य बढ्यो

    झापा / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि  गरेको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २७ रुपैयाँले  वृद्धि गरेको हो ।असार ५ गते राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको निगमले विज्ञप्तिमार्फत जनाएको छ। मूल्य बढेसँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेलको १९२ रुपैयाँ पुगेको निगमले जनाएको छ । यसबाहेक हवाई इन्धन पनि आन्तरिकतर्फ लिटरमा १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ भने वाह्य तर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी

    • प्रकाशित मितिः असार ६, २०७९
    • 118 पटक पढिएको
  • ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ  / साताको पहिलो दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको  पनि मूल्य   घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार ५, २०७९
    • 113 पटक पढिएको
  • ४ वर्षमै सवा ६ करोड सम्पत्ति आर्जन गरेको भन्दै पूर्व नासुविरुद्ध भ्रष्टाचार मुद्दा

    झापा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा ६ करोड २४ लाख बढी सम्पत्ति आर्जनको आरोपमा पूर्व नायब सुब्बा (नासु) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।भण्डारीविरुद्ध ६ करोड २४ लाख चार हजार ६ रुपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगमा प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । आयोगले उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प

    • प्रकाशित मितिः असार ४, २०७९
    • 127 पटक पढिएको
  • नेपाल बैंकका ग्राहकलाई निःशुल्क मोबाइल बैङ्किङको सुविधा

    काठमाडौं / अब नेपाल बैंकका ग्राहकहरूले निःशुल्क मोबाइल बैंकिङ एप प्रयोग गर्न पाउने भएका छन् ।टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिस्टर गर्ने सम्पूर्ण ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डेटाको आवश्यकता नपर्ने योजना ल्याएसँगै यो सुविधा प्राप्त भएको हो ।नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा टेलिकमको केन्द्रीय कार्यालयमा एक समारोहबीच सम्झौता भएको बैंकले जानकारी दिएको छ ।सम्झौतामा टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र बैंकका चिफ फाइनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गर

    • प्रकाशित मितिः असार ३, २०७९
    • 107 पटक पढिएको
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    काठमाडौं / लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अङ्कले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो ।यस्तै, क वर्गको सेन्सेटिभ समेत ३.१० अङ्कले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ । दोहोरो अङ्कले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ ।यस दिन १३ वटा उपसूचक मध्ये जीवन बिमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.८१ प्रतिशतले बढेको छ भने जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक क्रमशः ०.०४ प्रतिशत

    • प्रकाशित मितिः असार २, २०७९
    • 156 पटक पढिएको
  • सयपत्री हाइड्रोको आईपीओ बिक्री खुला

    काठमाडौँ  / सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँ अंकित तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।सयपत्री हाइड्रोपावरको कूल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । जसमध्ये ३० प्रतिशत अर्थात ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ । यसमध्ये तीन लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।यस्तै, बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाइने छ । जसमध्ये १२ हजार कित्ता आईपीओ कर्मचारीलाई र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्

    • प्रकाशित मितिः असार २, २०७९
    • 116 पटक पढिएको
  • ग्लोबल आइएमई र बैंक अफ काठमाडौँ बीच मर्जर सम्झौता

    काठमाडौं  / ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौँ लिमिटेडबीच मर्जर सम्झौता भएको छ ।बिहीबार प्रारम्भिक समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बीओके लिमिटेड’ राख्ने र बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।त्यस्तै सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाडौँको तर्फबाट २ जना रहने सहमति भएको छ । ग्लोबल आ

    • प्रकाशित मितिः असार २, २०७९
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.