काठमाडौँ  / साताको पहिलो दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको  पनि मूल्य   घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।