बिर्तामोड / नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरूले समेत हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडादर बढाएको हो । 

यसअघि उडान हुने गन्तव्यमा १७० रुपैयाँदेखि ८ सय ४० रुपैयाँसम्म भाडादर बढेको छ । भाडा बढेसँगै अब काठमाडौं–भद्रपुरको भाडादर १२ हजार ८०५ रुपैयाँ पुगेको छ । 

OM Sai Pathibhara Hospital

संघले बढेको नयाँ भाडादर बुधबारदेखि लागू हुने जनाएको छ । आइतबार राती १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १९ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढाएको हो ।

संघले अन्तर्राष्ट्रिय विमानस्थलको ५ सय रुपैयाँ र अन्य विमानस्थलमा ३ सयदेखि ४ सय रुपैयाँसम्म एयरपोर्ट शुल्क (ट्याक्स) कायम गर्ने निर्णय गरेको छ ।

air-price