काठमाडौं / अब नेपाल बैंकका ग्राहकहरूले निःशुल्क मोबाइल बैंकिङ एप प्रयोग गर्न पाउने भएका छन् ।

टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिस्टर गर्ने सम्पूर्ण ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डेटाको आवश्यकता नपर्ने योजना ल्याएसँगै यो सुविधा प्राप्त भएको हो ।

OM Sai Pathibhara Hospital

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा टेलिकमको केन्द्रीय कार्यालयमा एक समारोहबीच सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

सम्झौतामा टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र बैंकका चिफ फाइनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका छन्।

यो सुविधा सीमित समयको लागि प्रदान गरिने बैंकले जनाएको छ। नेपालभर २१३ शाखा, १७९ एटीएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।