झापा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा ६ करोड २४ लाख बढी सम्पत्ति आर्जनको आरोपमा पूर्व नायब सुब्बा (नासु) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

OM Sai Pathibhara Hospital

भण्डारीविरुद्ध ६ करोड २४ लाख चार हजार ६ रुपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगमा प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । 

आयोगले उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ ।

आयोगले उनको सेवा अवधि गणना गर्दा २६ लाख ६१ हजार ६ सय ३६ रुपैँया ९ पैसा मात्र आर्जन भएको देखिन आएको र गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख गरेको छ । उनी हाल विध ल्याबका सञ्चालक समेत हुन् ।