झापा / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि  गरेको छ ।

OM Sai Pathibhara Hospital

निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २७ रुपैयाँले  वृद्धि गरेको हो ।

असार ५ गते राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको निगमले विज्ञप्तिमार्फत जनाएको छ। 

मूल्य बढेसँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेलको १९२ रुपैयाँ पुगेको निगमले जनाएको छ । 

यसबाहेक हवाई इन्धन पनि आन्तरिकतर्फ लिटरमा १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ भने वाह्य तर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलरले बढाएर १६४५ डलर पुर्‍याएको छ।

एक लिटरमा एकैचोटी यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो। एलपी ग्यासको मूल्य भने निगमले तत्काललाई यथावत राखेको छ।