झापा / नेपाली बजारमा आइतबारको तुलनामा आज (सोमबार) सूनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य दुई सय रुपैयाँले बढेर आज सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै चाँदीको मूल्य भने सोमबार स्थिर छ। आइतबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८४३.७४ डलर छ। आइतबारभन्दा प्रतिऔंस ३.४९ डलरले बढेको हो । चाँदी प्रतिऔंस २१.७४ डलर छ। शुक्रबार २१.६८ डलर थियो।