आर्थिक

    Showing 3,221-3,230 of 3,700 items.
  • ठगी गरेको आरोपमा इटहरीबाट झापाका एक पुरुष पक्राउ

    सुनसरी / सुनसरीबाट ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका –१६ घर भई हाल इटहरी उपमहानगरपालिका –८ मा बसोबास गर्ने ४३ वर्षीय भक्त बहादुर राई रहेका छन् । राईले इटहरी –६ की ६१ वर्षीय एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको घर जग्गा पास गराई दिन्छु भनी अर्कै ब्यक्तिको नाममा पास गराई रकम ठगी गरे भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले राईलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 171 पटक पढिएको
  • तिहारलाई सयपत्री फूलको ५० हजार माला आयात गरिने

    बिर्तामोड / यस वर्षको तिहारका लागि ५० हजार भन्दा बढी सयपत्री फूलको माला आयत गरिने भएको छ । बेमौसमी वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गरिने भएको हो । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको बताइएको छ । मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन् । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ । उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो ।फूल उत्पादनमा क

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 105 पटक पढिएको
  • २६०० नजिक पुग्यो नेप्से परिसूचक

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५१ अङ्क अर्थात् १.०८ प्रतिशतले बढेर २,५८४.५२ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य आज १.५ प्रतिशतले बढेर सेन्सेटीभ इन्डेक्स ४९०.६८ बिन्दूमा आइपुगेको छ । नेप्सेमा आइतबार ट्रेडीङ्ग समूहबाहेक अरु सबै परिसूचक उकालो लागेका छन् । वित्त कम्पनीको परिसूचक सबैभन्दा उच्च ४.११ प्रतिशतले बढेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम जस्ता कम्पनीको सेयर सूचीकृत रहेको अन्य समूह ३.२४ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूहको परिसूचक पनि २.५२ अंकले बढेको छ । वेस्ट फाइनान्स कम्

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 106 पटक पढिएको
  • भट्टराईको कोषलाई चार लाख सहयोग

    इटहरी / इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नी कमला भट्टराईको स्मृतिमा भट्टराई कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गरेका छन् । धर्मपत्नी कमला भट्टराईको वार्षिक पुण्य तिथिको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा अक्षयकोषमा रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । समाजसेवी दिनेश भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हुन् ।कार्यक्रममा प्रेमप्रसाद भट्टराईले १ लाख ५१ हजार रुपैयाँ, दयाराम भट्टराईले १ लाख ११ हजार १ सय ११ रुपैया

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 120 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि

    काठमाडौं /  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० हुनेछ, जसको मूल्य शुक्रबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २६० प

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 109 पटक पढिएको
  • यस्तो छ, आजको बिनिमय दर

    काठमाडौं  / नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५३ पैसा र बिक्रिदर १२० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।यसैगरी, एक क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९७ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 128 पटक पढिएको
  • मुगु बस दुर्घटना : मृतकका परिवारले एक लाख पाउने

    कर्णाली / कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि एक लाख राहत दिने निर्णय गरेको छ । मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 111 पटक पढिएको
  • ओली शासनको उपहार : मुलुकलाई दैनिक करोडौँ रुपैयाँ नोक्सान

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको लापरवाही अनि बेवास्ताका कारण दैनिक ४०० मेगावाट विद्युत खेर जान थालेको छ । विद्युत उत्पादकहरूले सचेत गराउँदा समेत तत्कालीन सरकारले वेवास्ता गरका कारण प्राधिकरण र मुलुकले दैनिक करोडौँ रुपैयाँ गुमाउन परेको हो ।मुलुक भित्र विद्युत उत्पादन बढ्ने र उत्पादित विजुली नेपाललाई धेरै हुने निश्चित रहेको समयमा सरकार रहेका ओली अनि उनको सरकारको बेवास्ताका कारण मुलुकले अर्वौ रुपैयाँ नोक्सानी झेल्नु पर्ने भएको छ । साउन , भदौ र असोजमा मात्रै विद्युत प्राधिकरणलाई उत्पादित विजुली उपयोगमा ल्याउन नसक्दा कविर ८ अर्ब रुपैयाँ नोक्सानी हुने भएको हो ।वर्षौ घाटामा रहेको

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 73 पटक पढिएको
  • इलामका होमस्टे व्यवसायी घिमिरेको मृत्यु

    इलाम / संखुवासभाको मकालु गाउँपालिका –२ याङ्लेखर्कमा इलामका होमस्टे व्यवसायीको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका –४ श्रीअन्तुका धरणीधर घिमिरे रहेका छन् । मकालु बेसक्याम्प घुम्न गएका घिमिरेलाई याङ्लेखर्कमा पुगेपछि स्वास्थ्य समस्या देखिएको थियो । उनलाई उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा मंगलबार बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । मृतक घिमिरेको शव बेसक्याम्प आसपासमा नै दाहसंस्कार गरेको बताइएको छ । घिमिरेले सूर्योदय नगरपालिका –४ मा  श्रीअन्तुका होमस्टे सञ्चालन गर्दै आएका थिए ।&nbs

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 218 पटक पढिएको
  • मोबाइलमा सुनसहितका बहुमूल्य धातुको प्रयोग

    बिर्तामोड / ब्रिटेनको सिक्का निर्माता रोयल मिन्ट कम्पनीले पुराना इलेक्ट्रोनिक सामानबाट सुनसहित अन्य बहुमूल्य धातु निकाल्ने योजना सार्वजनिक गरेको छ । उक्त कम्पनीले विश्वमै पहिलो पटक पुराना फोन, ल्यापटप र कम्प्युटरबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने योजना सार्वजनिक गरेको हो । रोयल मिन्टले क्यानडाको एक्सिर नामक नयाँ कम्पनीसँग पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकाल्ने सहमतिमा हस्ताक्षर गरेको छ । परीक्षण प्रयोगमा ९९९.९ प्रतिशत शुद्ध सुन निकालिएको छ भने, यो प्रविधि पूर्ण रूपमा विकास हुँदा त्यस्ता उपकरणबाट पलेडियम, चाँदी र तामा पनि छुट्टाउन सकिने

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 163 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.