झापा / आज सेयर बजार परिसूचक १६ अंकले बढेको छ । मङ्गलवारको कारोबारमा बजार परिसूचक १६.२० अङ्कले बढेको हो ।  

सोमबारको कारोबारमा १८ अंकले बढेको बजार आजको कारोबारमा पनि सकारात्मक भएको छ। बजार परिसूचक १६.२० अंक बढेर २०४५.६३ मा उक्लिएको छ।

OM Sai Pathibhara Hospital

 ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.८० अंक बढेर ३९१.५६ अंकमा उक्लिएको छ। बढ्दो बजारमा आज कारोबार भएका १४६ कम्पनीका सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ। 

२१३ कम्पनीको २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ५७ लाख १३ हजार २४८ कित्ता सेयर ३७ हजार ९७२ पटकमा खरिद बिक्री भएको थियो।

उप–समूहतर्फ मङ्गलवारको कारोबारमा १३ समूहकै सेयर मूल्य बढेको छ। आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड, गणपती लघुवित्त, ग्रीन भेन्चर, आइसीइफसी फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स बढी कमाउने कम्पनीहरू रहेका छन् ।