काठमाडौं  / नेपाली बजारमा सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको हो । 

त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।