बिर्तामोड  / कृषि ज्ञान केन्द्र झापाले प्रचलित कानुन बमोजिम दर्ता नभएकाे सहकारी संस्थालाई अनुदान दिएको खुलासा भएकाे छ । 

कृषि ज्ञान केन्द्र झापाले एक सहकारी संस्था लिमिटेडलाई नयाँ ब्लक (तरकारी) मा छनोट गरी संस्थाले पेस गरेको ४४ लाख २३ हजार रुपैयाँ परियोजना प्रस्ताव स्वीकृत गरी २७ लाख ८१ हजार भुक्तानी गरेको महालेखा परीक्षक कार्यालयले हालै सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअलमा कार्यक्रमबाट लगानी गर्दा कृषि कार्य गर्ने उद्देश्यसहित प्रचलित कानुनबमोजिम दर्ता भएका संस्थालाई छनोट गर्नुपर्ने व्यवस्था छ । 

तर, केन्द्रले उद्देश्य र कारोबारमा मिश्रित खेती नरहेको उक्त सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराएको छ  । 

उक्त सहकारीले दर्ता प्रमाण पत्रमा संस्थाको कारोबार पशुपालन, मिश्रित खेती, भेटेरिनरी सेवा बाहेकका कृषिजन्य सेवाहरू प्रदान गर्ने, मल बीउ विजनसम्बन्धी कारोबार गर्ने गरी दर्ता भएको पाइएकोले संस्थालाई अनुदान उपलब्ध गराएको सम्बन्धमा छानबिन गरी रकम असुल उपर गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ