आर्थिक

    Showing 3,161-3,170 of 3,276 items.
  • बजेट : सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

    बिर्तामोड / सरकारले वृद्धभत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गरेका हुन् ।हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक  पाँच हजार रुपैयाँ सम्म भत्ता दिने उद्घोष गरेको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 139 पटक पढिएको
  • बजेट : कोरोना विरुद्ध लड्न २६ अर्ब ७५ करोड बजेट

    बिर्तामोड  / सरकारले कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हरेक कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन बजेट प्रस्तुत गरेका हुन् ।चालू आर्थिक वर्षको बजेटमा कोरोना उपचारका लागि ६ अर्ब रुपैयाँ छुट्याएको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 114 पटक पढिएको
  • बजेट : अक्सिजन उद्योगका उपकरण आयातमा भ्याट र कर पूर्ण छुट

    बिर्तामोड / सरकारले अक्सिजनको अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिएको छ ।शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयातमा भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिने गरी बजेट ल्याइएको बताएका हुन् ।उनले सामुदायिक तथा निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान समेत दिने पनि बताए ।उनले कोरोना महामारीको अवधिभर अक्सिजन उद्योगहरुलाई अक्सिजन उत्पादनमा लाग्ने विद्युत महशुलमा ५० प्रतिशत छुट दिने व्

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 101 पटक पढिएको
  • बजेट : स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान

    बिर्तामोड / सरकारले स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान विनियोजन गरेको छ ।शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/0७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले पौडेलले प्रदेशलाई वित्तिय सामानिकरण ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण विनियोजन गरेका हुन् ।सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीयत तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ । समपुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन प्रस्तुत भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 126 पटक पढिएको
  • यस्तो थियो : नेपालको पहिलो बजेट

    बिर्तामोड / संवैधानिक प्रकृया र कानुन मिचेर संसद विघटन गरेको सरकारले आज आगामी वर्षका लागी वजेट ल्याउँदै छ । नयाँ बजेट आउने तयारी भइरहँदा नेपालको पहिलो बजेट कस्तो थियो भनेर जानकारी गराउन हामीले बजेटको यो ईतिहाँस हाम्रा पाठकका लागि प्रस्तुत गरेका छौं ।यस्तो छ ईतिहाँस००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । वि.सं. २००८ सालदेखि नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । त्यसबेला नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।तत्कालीन समयका अर्थमन्त्री सूवर्ण समशेर राणाले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थि

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 218 पटक पढिएको
  • कोभिडको कारण आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ : अर्थमन्त्री

    काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताएका छन् ।सिंहदरबार स्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उनले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका हुन् ।केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । उनले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए । यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गरे । त्यसैगरी राष्ट्रिय ख

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 107 पटक पढिएको
  • एम्बुलेन्सलाई रकम जुट्दै रेडक्रस सोसाइटी

    तनहुँ / ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नारासाथ व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै २६ लाख रुपैयाँ सङ्कलन भएको छ । गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु थालेको सो उपशाखाले नौ महिनामा २५ लाख ५६ हजार जुटाएको हो । विभिन्न व्यक्ति संघसंस्थाबाट १५ लाख नगद सङ्कलन भएको छ । त्यस्तै १० लाख ५६ हजार बोलकबुल अनुरुपको रकम उठ्न बाँकी रहेको उपशाखाका सभापति रामदत्त पौडेल बताए । व्यासनगरपालिकाले पाँच लाख, नेपाल रेडक्रस सोसाइटी केन्द्रले तीन लाख र विभिन्न व्यक्तिबाट दुई लाख ५६ हजार रुपैयाँ उठ

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 109 पटक पढिएको
  • मन्त्री आलेद्वारा अक्सिजन खरीद गर्न एक लाख सहयोग

    काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख सहयोग गरेका छन् । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए । अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 96 पटक पढिएको
  • सुपारीको जालो : अर्थ–मन्त्रालय र राष्ट्र बैंकले छानविन गर्ने

    चन्द्रमणि कट्टेलबिर्तामोड / अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैकले सुपारीको अनौठो कारोवार भित्र भईरहेको हुण्डी कारोवारका विषयमा चासो देखाएका छन् । गुप्तचर खबरले यो विषयमा नियमित समाचार प्रकाशन गर्न थालेपछि मन्त्रालय र राष्ट्र बैकले चासो देखाएका हुन् ।केहि दिन अघि गुप्तचर खबरले सरकारबाट कोटामा सुपारी आयातको अनुमति पाएका फर्म तथा व्यवसायीक कम्पनीले सरकारी निकायसँगको मिलेमतोमा भन्सार मुल्याङ्कन कम देखाएर कर छलीरहेको र हुण्डीबाट करिव तिन अर्व रुपैंया पठाउन सुरु गरेको विषय सार्वजनिक गरिदिएपछि आन्तरीक छानविन सुरु भएकोे मन्त्रालय स्रोतले जानकारी गराएको छ ।मिलेमतोमा मुलुकमा आवस्यक नै नरहेको सुपारी ल्याउ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 6,148 पटक पढिएको
  • ओरालो लाग्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

    बिर्तामोड / नेपाली बजारमा सुनको मुल्यमा हिजो भन्दा आज केही गिरावट आएको छ । स्थानीय बजारमा हिजो सोमबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज मङगलबार तोलाको २०० रुपैयाँले ओरालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला  ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयामा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला  २०० रुपैयाले घटेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयामा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयामा कारोबा

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 84 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा