काठमाडौं / नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

OM Sai Pathibhara Hospital

जसअनुसार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी प्रति तोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहको छ । गत शुक्रबार चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ थियो ।