झापा / भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।आइओसीले निगमलाई भदौ १६ गते ९सेम्टेम्बर १ तारिख० पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ भने एलपी ग्यासको घटेको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १.३९ रुपैयाँ र डिजेल प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै,  मट्टितेल र हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १०० रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

आएओसीले यसअघि लगातार तीन पटकसम्म इन्धनको भाउ घटाएर पठाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएसँगै भारतले पनि बढाएर पठाएको हो ।

आइओसीले हरेक १५–१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।