झापा / अमेरिकी डलरको भाउ बुधबार बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।
मंगलबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा कायम भएको थियो ।
त्यस्तै युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा छ । क्यानडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ १५ पैसा छ ।
त्यस्तै, जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २२ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ७७ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।