काठमाडौं  / विभिन्न मागसहित मिटर ब्याज पीडितले आज (बिहीबार) बालुवाटार घेराउ गर्ने भएका छन् । पीडितले मिटर ब्याज तथा ठगीविरूद्ध आज दिउँसो दुई बजे माइतीघरदेखि मार्च गर्दे बालुवाटार पुगेर घेराउ गर्ने भएका हुन् । 

काठमाडौंमा सडक संघर्ष सुरु भएको आगामी बिहीबार एक महिना पुग्छ। सो दिन संघर्ष समितिको आह्वानमा किसान मजदुर मार्च हुँदैछ। विभिन्न दलसँग आबद्ध किसान तथा मजदुर संगठन, अन्य पेशागत संगठन र सम्पूर्ण अधिकारकर्मीलाई यस मार्चमा उत्साहप्रद सहभागिता जनाउन संघर्ष समिति आह्वान गरेको छ ।

OM Sai Pathibhara Hospital

आफ्नो मागलाई पन्छाउँदै सरकारले सहसचिवको संयोजनमा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल गठन गरेपनि उक्त कार्यदलमा पीडित पक्षको सहभागिता नभएकाले राज्यप्रति आशा गरे पनि भरोसा गरिहाल्ने आधार नभएको समितिको ठहर छ।

उनीहरुले आधारभूत मागसहित अन्य मागहरू पनि राखेका छन् । उनीहरूले हाल गिरफ्तार गरिएका मिटरब्याजी साहुहरु धरौटीमा छुट्ने सिलसिला तत्काल बन्द गर्न समेत माग गरेका छन् । 

त्यस्तै तत्कालै सरकारले ऋणभन्दा बढी रकम तिरिसकेका किसानलाई ऋण  मुक्त घोषणा गर्न, बन्धक बनाइएका जमिन फुकुवा गर्ने प्रतिवधतासहित शीघ्र काम थाल्न, किसानलाई भूमिहीन बनाइएको ठाँउमा सबै जमिन फिर्ता गर्ने प्रक्रिया सुरु गर्न र सुदखोरको दम्पती छानबिन गर्न माग गरेका छन् ।