झापा / नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बिहीबार सुनको मूल्य आठ सय रुपैयाँले बढेको हो । 

बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको छ। 

OM Sai Pathibhara Hospital

चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ।