काठमाडौं— सरकारले राष्ट्रिय सेवा दलसम्बन्धी नयाँ विधेयकमार्फत आवश्यक परे जुनसुकै नेपाली नागरिकलाई पनि सैन्य तालिम दिन सकिने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्ले राष्ट्रिय आवश्यकताको आधारमा व्यक्ति वा संस्थालाई सैन्य तालिम दिने निर्णय गर्न सक्नेछ।विधेयकमा तालिम लिन इच्छुक व्यक्ति वा संस्थाले राष्ट्रिय सेवा दलमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै, तालिम प्राप्त गरेका व्यक्तिलाई आवश्यकता अनुसार स्वयंसेवकका रूपमा राष्ट्र सेवामा परिचालन गर्न सकिने उल्लेख छ।विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र राष्ट्रिय एकताको भावना वि
काठमाडौं— प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।बैंकका अनुसार मागभन्दा बढी आवेदन परेमा भने तोकिएको मितिअगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड र
काठमाडौं— आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएको छ । असार ४ गते बसेको नगरसभा १९ औँ अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेस गरेको २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्दै आज राष्ट्रिय सभा गृहमा बसेको बैठकले प्रस्ताव सर्वसम्मत पारित गरेको हो । पारित भएको बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपिय
डोल्पा— डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने बताए ।आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले यसको सफल कार्या
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ र
काठमाण्डौं / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो । उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ । प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तरर
काठमाडौं— सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गर्दै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, इन्फ्लुएन्सर मार्केटिङ र कृत्रिम बौद्धिकता (एआई) मार्फत हुने विज्ञापनलाई पनि नियमनको दायरामा ल्याउने भएको छ।बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत नीतिअनुसार भ्रामक, तथ्यहीन तथा ‘डीपफेक’ विज्ञापनमाथि कडा नियन्त्रण गरिनेछ। त्यस्ता विज्ञापनबाट उपभोक्तालाई क्षति पुगेमा क्षतिपूर्तिको व्यवस्था गरिनेछ।नीतिले विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रोक्ने, सरकारी विज्ञापन वितरणलाई पारदर्शी बनाउने, सञ्चारमाध्यमको वर्गीकरण गर्ने तथा विज्ञापन बोर्डलाई थप अधिकारसम्पन्न बनाउने व्यवस्था गरेको छ।साथै अश्ल
काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ६६१ दशमलव ७१ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८९ अङ्कले उकालो लागेर ४६२ दशमलव ४७ मा पुगेको छ ।फ्लोट सूचक शूल्य दशमलव ९९ अङ्कले बढेर १८२ दशमलव ६१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ३९ अङ्कले बढेर १५६ दशमलव ६८ मा पुगेको छ ।आज विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उ
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ ।नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले संघले विभिन्न नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो । संघले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप नीतिगत स्वतन्त्रता प्रदान गर्न, लकइन सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न तथा पर्याप्त पूँजी, तरलता र जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई विवेकपूर्ण रूपमा शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न आग्रह गरे
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।बुधबार ४ हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भैइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.