काठमाडौं— गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटी, विद्युत कार्यालय क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार २२ वर्षीय घनश्याम न्यायुपाने, २३ वर्षीय ब्रिज मोहन राय, १७ वर्षीय शिवराज जैसी, २६ वर्षीय आशिष लामा र २१ वर्षीय पारस राणा रहेका छन् ।उनीहरुमध्ये घनश्याम न्याउपाने र ब्रिज मोहन रायलाई विद्युत प्राधिकरणबाट गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको, शिवराज जैसीलाई शान्तिबाटीकाबाट घुसपेठ गरेको भनी कार्यकर्ताले प्रहरीलाई बुझाएपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेको, आशिष लाम
काठमाडौं— नेपाली काग्रेसका पुर्व सांसद जस्ले १३ जना निर्दोष जनतालाई जिउदै इटाभट्टामा जलाएरका थिए । उनी हुन अफताब आलम यस्तो जघन्य अपराध गर्दा पनि उच्च अदालत जनकपुरले निर्दोष ठहर गरेको छ ।जिउदै मान्छेलाई मारेको मुद्दा लागेका उनलाई प्रहरीमा उजुरि दर्ता गर्न सम्म राजनितीक पहुँच प्रयोग गरिएको थियो । त्यसको करिब २ दशक लामो मुद्दा खेपिरहेका अपराधीको जित भयो उता पीडित पक्षको हार भो यता आलमको भने जित भयो ।यता पीडितको परिवार भन्छन न्यायालय प्रतिको विस्वास उडयो । यति खेर आलमको फैसलालाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको छ । जस्मा न्यायनलय पाट्रिको भर्ति केन्द«देखि सत्ताधारिको पहुँचमा फैसला हुन्छ
मोरङ— झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय महमद साबिर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार उनलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका महमदमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरक्षिक (डीएसपी) वेद प्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार रातिको समयमा उपचार गराउँदा निको हुने भनि आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडितलाई यौन दुर्व्यवहार गर्ने ग
काठमाडौं— तीनकुनेमा भएको राजावादीे आन्दोलनमा २०८१ चैत १५ गते घाइते भएकी २२ वर्षीया रेविका खत्रीको न्यायका लागि निषेधित क्षेत्र संसद भवनको मूल गेट बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । घाइते रेविकाको सहज उपचार र न्यायको माग गर्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् ।बानेश्वरस्थित संघिय संसद भवनको १ नम्बर गेटमा प्रदर्शन गर्ने क्रममा कोटेश्वर बहुमुखी क्याम्पस इकाई अध्यक्ष तथा क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्यार्थी संघको आयोजनामा विद्यार्थीहरुले रेविकाको न्यायका लागि प्रदर्शन गरेको जिल्ला प्रहरी परिस
काठमाडौं— इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले एक सय ५६ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ शुभ स्वस्तिक हस्पिटलअगाडिबाट अवैध लागुऔषध गाँजा करिब एक सय ५६ किलो ५५ ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३ बुद्धचोक बस्ने २१ वर्षीय अभिषेक परियार छन् ।इलाका प्रहरी कार्यालय बर्दिवास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले परियारसहित चढेको बा११च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई–छिपाई राखेको ३० वटा पोकामा रह
बिराटनगर— झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपक गडतौला, बिरहाङ लेछर्वो लिम्बु, किरण राई, मनिश कुमार गुप्ता र अन्जन राई रहेका छन् । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।त्यस्तै प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ बर्षीय क
बुटवल— दाजूको हत्या गरी जेल बसेर केही वर्षअघि आममाफी पाएका व्यक्तिले पूर्वपत्नीसहित तीनजनाको हत्या गरेको समाचार छ । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा बस्दै आएकी ३४ वर्षीया दीपा बस्याल र उनका चार र सात वर्षका दुई छोरीहरूको हत्या गरिएको हो ।सम्बन्ध विच्छेदपछि अर्को व्यक्तिसँग विवाह गरेर गएकी दीपालाई पूर्वपति सुजन कोइरालाले आफ्नै घरमा बोलाएर २०८२ जेठ १४ गते बिहान करिब ४ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कोइरालाले घरेलु हतियार हेम्बर र चक्कु प्रयोग गरी तीनै जनाको हत्या गरेका हुन् । घटनापछि कोइरालालाई प्रहरी
काठमाडौं - रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्।३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले बिहान ४ बजेतिर दीपा र छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको क्षेत्रीले बताए।हत्याको खबर भने प्रहरीलाई बिहान ७ बजे मात्रै पुगेको थियो। क्षेत्रीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइ
काठमाडौं— दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ ।बालाजु प्लान्टबाट आधा लिटरको प्याकेट भनी बजारमा पठाइएको तर तौल जाँच गर्दा चारसय एमएल मात्र पाइएपछि उक्त घट्ना अनुसन्धानको दायरमा ल्याइएको छ । सोही घट्नामा दुग्ध विकास संस्थान बालाजुका पूर्वआयोजना प्रमुख गणेश कुमार यादव संलग्न भएको भनि कर्मचारीले विज्ञप्ति नै जारी गरी आपत्ति जनाएपछि घट्नाले फरक मोड लिंदै गएको छ । यादवकै अगुवाइमा जानाजान चारसय एमएलको दूध प्याकेट उत्पादन गराई बजारमा पठाउने, निजी डेरीहरूसँग मिलेमतो गरी तौलमा हेरफेर गर्ने र संस
काठमाडौं— बेरोजगार मानिसहरूलाई क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–५ घर भएर टोखा बस्ने ३४ वर्षीय सम्झना राई छिन् ।उनलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । उनका अनुसार आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.