दाङ— दाङमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका—७ मानपुर बस्ने २१ वर्षीय कुमार विक रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

कुमारले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।