काठमाडौं— काठमाडौंको नयाँ बसपार्कमा शव फेला परेकी महिलाको हत्या भएको खुलेको छ । शनिबार गोंगबु नयाँबसपार्कको पुलमुनि ती महिलाको शव फेला परेको थियो ।

तन्नाभित्र पोको पारेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको थियो । शव फेला परे पनि महिलाको पहिचान भने अझै खुलेको छैन । हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सूर्य मगर छन् ।

हत्याको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनाबारे थप जानकारी प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउने जनाएको छ ।