अपराध

    Showing 781-790 of 2,232 items.
  • दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर मुद्दाको सुनुवाइ आज हुँदै

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको छ।उक्त मुद्दा बुधबार न्यायाधीश लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको संयुक्त इजलासमा पेश हुँदैछ। यसअघि भने न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको बैंकिङ कारोबार शंकास्पद देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। सीआईबीले अनुसन्धान सम्पन्न गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मुद्द

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 594 पटक पढिएको
  • पेट्रोल छर्की हत्या प्रकरणः स्थिति तनावग्रस्त, अवस्था अनियन्त्रित भएपछि कर्फ्यूले पनि धानेन

    सिन्धुली— सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ ।तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कर्फ्यू लगाउनुपर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिबाट कर्फ्यू आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो ।त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार राति ८ः३० बजेदेखि कर्फ्यू लगाएको हो ।सिन्धुलीको कमलामाई नगरपालिका(४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गरे

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 507 पटक पढिएको
  • उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ ।नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् ।उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको नम्बर आफ्नो नभएको स्पष्ट पारेकी छन् । स्क्यामरले आफूलाई अप्ठ्यारो परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ ।उनका अनुसार यस विषयमा नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराइसकिएको छ र कानुनी प्रक्रिया अघि बढाइएको छ । उ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 564 पटक पढिएको
  • सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

    रामेछाप— सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ ।तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार साँझ ८ः३० बजेदेखि कफ्र्यु लगाएको हो ।सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गर

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 484 पटक पढिएको
  • दुई करोड १० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरमा फरार साह काठमाडौंबाट पक्राउ

    काठमाडौं— दुई करोड १० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा स्थायी घर भई हाल काठमाडौं बस्दै आएका एसएन सप्लायर्सका सञ्चालक सन्तोषकुमार साहलाई बुधबार काठमाडौं महानगरपालिका–४, चन्डोल क्षेत्रबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार सुमितकुमार खेतानको जाहेरीका आधारमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा साहविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उनी लामो समयदेखि फरार रहेका थिए।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउ परेका साहलाई थप अनुसन्धान र कानुनी कारबा

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 537 पटक पढिएको
  • चार किलोभन्दा बढी कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

    काठमाडौं— अवैध लागूऔषध कारोबारमा संलग्न तीन जना विदेशी नागरिकलाई चार किलो ३०० ग्राम कोकिनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन्। पक्राउ परेका तीनै जनालाई बिहीबार सार्वजनिक गरिएको र उनीहरू नेपालमै बसेर कोकिनको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका शंकास्पद विदेशी नागरिकमाथि निगरानी ग

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 468 पटक पढिएको
  • सिरहामा बालिका हत्या: तीन सातासम्म दोषीको पहिचान भएन

    सिरहा। सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि  प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ ।गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो । घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “छ

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 356 पटक पढिएको
  • क्यासिनो खेल्ने/ खेलाउने ७ जना पक्राउ

    काठमाडौं— तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने÷खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलनगरी ठमेलस्थित छायाँ सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।भारतबाट आएको सुरेश महाजनसहितका समुहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । सुरेश महाजनले विगत २ वर्षदेखि नेपाल भारत,श्रिलंका,भियतनाम र कम्बोडियामा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएका थिए ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 505 पटक पढिएको
  • निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो ।अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य भएको भन्दै मन्त्रालय दुःख व्यक्त गरेको छ । ‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 546 पटक पढिएको
  • जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका दुई कैदी वीरगन्जबाट पक्राउ

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका दुई कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। लुकिपिछी बसिरहेको अवस्थामा २५ वर्षीय सुदामा पासवान र ३२ वर्षीय विवेकलाल साह कानूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका बाराको विश्रामपुर गाउँपालिका-४ का सुदामा गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थिए। कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका सुदामा काठमाडौंबाट भागेर वीरगन्ज पुगेका थिए। उनलाई वीरगन्ज-१५, भिष्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.