अपराध

    Showing 781-790 of 1,363 items.
  • लागुऔषध प्रयोगकर्ताको नयाँ उपायः भुस प्रयोग गरेर २ क्विन्टलभन्दा बढी गाँजा लुकाएर लैजाँदै गरेका ४ जना पक्राउ

    बारा— बारा प्रहरीले विशेष सुराकीका आधारमा भुसले छोपेर लुकाइएको ठुलो परिमाणको गाँजासहित चार जनालाई पक्राउ गरेको छ। शनिवार बिहान वीरगञ्ज र बाराको सिमानास्थित गण्डक चोकबाट प्रहरीले सो लागुऔषध गाँजा बरामद गरेको हो।प्रहरीका अनुसार बागमती प्रदेश–३–०१–२४ च ४६३० नम्बरको पिकअप भ्यानमा लुकाएर लैजाँदै गरिएको २ क्विन्टल १२ किलो गाँजा बरामद गरिएको छ। साथमा गाँजा तस्करीमा प्रयोग भएको बागमती प्रदेश–२–०२७ प २७०० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं ४ का रवि कार्की, वडा नं १२ का वीरबहादुर मोक्तान, हेटौंडा–१४ का साजन मोक्तान र धादिङको खाक्रे गाउँपालिका निवा

    • प्रकाशित मितिः असार १५, २०८२
    • 569 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

    सुनसरी— सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध ब्राउन सुगरसहित ७ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले असार १३ गतेको चेकजाँच अभियानका क्रममा ब्राउन सुगरको कारोबारमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा धरान—११ निवासी १९ वर्षीय सुअन तामाङ, २७ वर्षीय मिसन राई, धरान१५ निवासी ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ, र ३१ वर्षीय प्रस्ताव राई रहेका छन्। उनीहरूको साथबाट २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र ओसारपसारमा प्

    • प्रकाशित मितिः असार १५, २०८२
    • 474 पटक पढिएको
  • ७५ किलोग्राम गाँजा सहित तीन जना पक्राउ

    विराटनगर— लागू औषध गाँजा सहित तीन जना विभिन्न स्थानबाट पक्राउ परेका छन्। प्रहरीको सक्रियता तथा चेकजाँचका क्रममा विराटनगर, झापा र सुनसरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित प्रहरी चौकी भरौलको टोलीले असार १२ गते चेकजाँचका क्रममा को. १ ह ९५१० नम्बरको अटोभित्र लुकाइछिपाइ राखिएको ७५ किलोग्राम गाँजा बरामद गरेको छ। उक्त अटो चालक, ईटहरी उपमहानगरपालिका–१० निवासी ४५ वर्षीय सुरतलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–६ की ५९ वर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ घर भई हाल अर्जुनधारा–१ मा निर्माणाधीन पुलमा काम गरिरह

    • प्रकाशित मितिः असार १५, २०८२
    • 494 पटक पढिएको
  • सुर्यविनायकमा टिप्पर अनुगमनका क्रममा तनाव, महिला पत्रकारमाथि दुर्व्यवहारको आरोप

    भक्तपुर— सुर्यविनायक नगरपालिका–५ स्थित कटुन्जे क्षेत्रमा स्थानीय नियम विपरीत गएराति ९ बजे अघि सञ्चालनमा आएको टिप्पर अनुगमन गर्ने क्रममा सुर्यविनायक–कटुन्जे प्रहरी चौकी र स्थानीयबीच अवस्था तनावपूर्ण बनेको छ। नियम कार्यान्वयन गर्न खोज्दा प्रहरीको कदम सराहनीय देखिए पनि त्यसपछि देखिएको व्यवहारले विवाद निम्त्याएको हो।प्राप्त जानकारी अनुसार, गएराति करिब ८ः३० बजे सवारी चालकले आवश्यक कागजात नदेखाएपछि प्रहरी र चालकबीच भनाभन भएको थियो। प्रहरी र चालकबीच भनाभन भएपछि स्थानीय बासिन्दाहरू सडकमा आएर घटनास्थल घेरेका थिए। घटनामा चर्को स्वर सुनिएपछि नजिकै बसोबास गर्ने दुई महिला पत्रकार घटनास्थलमा पुगेर घटना

    • प्रकाशित मितिः असार १५, २०८२
    • 772 पटक पढिएको
  • मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

    इटहरी (सुनसरी), १५ असारः सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास

    • प्रकाशित मितिः असार १५, २०८२
    • 199 पटक पढिएको
  • सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

    सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापमा एकजना युवकको  शव फेला परेको छ । अर्नामा गाउँपलिका १ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव आज बिहान घर अगाडि नै शव फेला परेको हो । अजयलाइ कसैले मरणासन्न हुने गरी कुटपिट गरेर घाटिमा पलास्टिकको पासो लागेको अवस्थामा उनकै घर अगाडि शव राखिएको स्थानियहरु बताउँछन् ।कुटपिट पश्चात घिसारेर उनको हत्या गरिएको स्थानियको आरोप छ। मृतक महरा मानसिक रोगिपनी रहेको एकजना स्थानीयले जनाए। उनले भने, झउनको मानसिक संतुलन ठिक थिएन।तर, उनको घरमा करिव दुई चार दिन देखी घरायसी झै झगडा समेत भैरहेको थियो। महराको हत्यमा उनको श्रीमतिको पनि सङ्लग्नत

    • प्रकाशित मितिः असार १५, २०८२
    • 127 पटक पढिएको
  • धरानमा एक युवामाथि आफ्नै साथीहरूले गरे खुँडा प्रहार

    धरान - धरान -१० मा मोटरसाइकलमा एक युवामाथि आफ्नै साथीहरूले खुँडा प्रहार गरेका छन् ।आपसी विवादमा धरान -२० का समिर राईमाथि उनकै साथीहरूले खेदाइ-खेदाई राईमाथि खुँडा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा बाहिरिएको छ । उनको ढाडमा चोट लागेको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 369 पटक पढिएको
  • जुवातास खेलिरहेका अवस्थामा पाँचजना पक्राउ

    काठमाडौं —  काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवा खेलिरहेका बेला उनीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार दिउँसो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूको साथबाट नगद ४४ हजार ८५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 467 पटक पढिएको
  • चोरीमा संलग्न तीन भारतीय महिला विराटनगरबाट पक्राउ

    विराटनगर— विराटनगरमा चोरीको घटनामा संलग्न रहेको अभियोगमा तीन जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।उनीहरु भारतको पुर्णियाबाट आएको २० देखि २५ वर्ष उमेर समूहका महिला रहेका छन।  उनीहरूलाई विहीबार १२ गते विराटनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । महिलाहरूले विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधन प्रयोग गरी वृद्ध तथा असहाय व्यक्तिहरूलाई लक्षित गर्दै नगद तथा गरगहना चोरी गर्ने कार्य गर्दै आएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपि

    • प्रकाशित मितिः असार १३, २०८२
    • 565 पटक पढिएको
  • बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।घटना १० असारमा भएको हो । हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बालिकाकै गाउँका आफन्त नाता पर्ने समेतका

    • प्रकाशित मितिः असार १३, २०८२
    • 554 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा