काठमाडौं— जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका दुई कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। 

लुकिपिछी बसिरहेको अवस्थामा २५ वर्षीय सुदामा पासवान र ३२ वर्षीय विवेकलाल साह कानूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले पक्राउ गरेको हो। 

कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका बाराको विश्रामपुर गाउँपालिका-४ का सुदामा गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थिए। कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका सुदामा काठमाडौंबाट भागेर वीरगन्ज पुगेका थिए। उनलाई वीरगन्ज-१५, भिष्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले बताए। 

त्यस्तै, बैंकिङ कसूरमा धरौटी तिर्न नसकेर जेल परेका बाराको परवानीपुर गाउँपालिका-२ का विवेकलाल गत भदौ २४ गते काठमाडौंबाट भागेका थिए। उनलाई वीरगन्ज-४ विर्ताटोलबाट पक्राउ गरिएको छ। दुवै जनालाई वीरगन्ज कारागार पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।