सुनसरी— सुनसरी र ताप्लेजुङबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अबिनाश चौधरी, सन्तोष श्रेष्ठ, जिवन बुढाथोकी, लक्ष्मण माझी, सुजन तामाङ र नितेन वर्मन रहेका छन् ।प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी–१७ का अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको
काठमाडौं - वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।उनीहरूले हालसम्म ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ।‘एकै जनाबाट ५० लाख रुपैयाँसम्म उठाएको पाइएको छ, रकम उठाएपछि दुबै जना फरार रहेका थिए,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।पराजुली
कञ्चनपुर – सन् २०१८ को जुलाई २६ अर्थात् २०७५ साउन १० गते, नेपालले एउटा यस्तो दिन देख्यो जसले देशको कानुनी र सामाजिक संरचनालाई गहिरो प्रश्नमाथि उभ्यायो। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको जघन्य घटनाले सम्पूर्ण देशलाई स्तब्ध तुल्याएको थियो।तर आज, घटनाको २५०० औं दिन बितिसकेको छ—र निर्मलाले अझै न्याय पाएकी छैनन्।निर्मला पन्त, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका, घर नजिकैको साथीको घर पढ्न गएकी थिइन्। साँझसम्म घर फर्किएर नआएपछि खोजी सुरु गरियो। भोलिपल्ट ११ गते बिहान उखुबारीमा उनको शव भेटियो—बलात्कारपश्चात हत्या गरिएको अवस्थामा।त्यस दिनदेखि सुरु भएको सङ्घर्ष आज २५०० औं दिन
जाजरकोट— जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेका छन् ।उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिए ।
सप्तरी— सप्तरीको रूपनी गाउँपालिका वडा नं ६ तेरहौताकी कौशला देवी चौधरी आफ्नै घरबाट लुटिएकी छिन् । घरमा सुतिरहेको बेला उनी आइतबार बिहान करिब २ बजे लुटिएकी हुन् ।अत्यधिक गर्मीका कारण घर बाहिर सुतिरहेको बेला कान, नाकमा लगाएको गहना लुटेराले थुतेर लगेको उनले बताइन् ।कानमा लगाएको सुनको कुण्डल, नाकमा लगाएको फुली गरी दुई तोला भन्दा बढी सुनको गहना लुटेर लगेको उनले बताइन् । पति र छोरा रोजगारीको क्रममा बाहिर गएको बेला घरमा छोरा मान्छे नभएको मौका छोपी बुहारी र आफू मात्रै घरमा भएको बेला लुटेराहरूले गहना लुटेर लगेको बताइन् ।गहना लुटेर घरको ताल्चा खोल्ने प्रयास गर्दा जोर जोरले हल्ला गर्न थालेपछि लुटेराहरू भाग
मोरङ— मोरङको विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ५५ बर्षीय एसराज लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।जेठ २३ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई पक्राउ गरेको छ । प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर१६ स्थितमा बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो
सप्तरी— जिल्लाको सुरुङ्गा नगरपालिका–८ मा डाँकाको एक समूहले एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ।बिहीबार राति डाँकाको एक समूह कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको र निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्।प्रहरीका अनुसार चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ। घटनापछि डाँकाहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
काठमाडौ— जिल्ला प्रशासन काठमाडौले २०८२ जेठ १९ गते लागु हुने गरी सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको थियो । निषेधाज्ञा विरुद्ध युवाहरुले सिंहदरबारको दक्षिण गेटमै विहीबार प्रदर्शन गर्ने क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रबि किरण हमालले जानकारी दिए । उनका अनुसार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने क्रममा सन्देश शाही, पारस शाही, पवन मल्ल र किशोर ठकुरी प्रहरीले पक्राउ गरी प्रह
दाङ— तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।
काठमाडौं— बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोेभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय बिर बहादुर घिसिङ र ३९ वर्षीय दिनेश खड्का रहेका छन्।उनीहरुले बैदेशिक रोजागारमा पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा आज विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । बिर बहादुर घिसिङले नर्वे र डेनमार्क पठाईदिन्छु भनी २ जनाबाट पाँच लाख दश हजार रकम मागे
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.