अपराध

    Showing 681-690 of 2,232 items.
  • कोरिया जाने सपना रोस्टरमै अड्किएको भन्दै माइतीघरमा प्रर्दशन

    काठमाडौं— रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा पास गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।मंगलबार माइतीघरमा भेला भएका युवाहरूले रोस्टरको अवधि बढाउनुपर्ने र भाषा पास गरेपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्। उनीहरूका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम बसेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि रोजगारदाताको छनोटमा नपर्दा भविष्य अनिश्चित बनेको छ ।इपिएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा पास गरेपछि मात्र कोरिया जान पाइँदैन । रोजगारदाताले छनोट गरेपछि मात्रै जान पाइने व्यवस्था छ । तर दुई वर्षसम्म पनि छनोटमा

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 518 पटक पढिएको
  • नवजात शिशुलाई अस्तालमै छोडेर आमा सम्पर्कविहीन भएपछि बालआश्रममा राखिएयो

    उर्लाबारी— लेटाङ नगरपालिका–८ निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छाडेर गएपछि उर्लाबारी–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ ।मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो । जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो ।उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडा पौडेलका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम शिशुको तत्काल संरक्षणको व्यवस्था गरिएको हो । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक हेरचाहको प्रबन्ध मिलाइएको नगरपालिकाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 452 पटक पढिएको
  • अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम

    सिरहा— सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ ।घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो। तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन्।गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 581 पटक पढिएको
  • मोटरसाइकल चोरी प्रयासमा संलग्न एक जना पक्राउ

    काठमाडौं— मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौं महानगरपालिका–८ स्थित पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई सोमबार नियन्त्रणमा लिइएको हो।काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्दै आएका सेढाईलाई पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले पक्राउ गरेको जनाएको छ।पक्राउ परेका सेढाईले चोरी गर्न लागेको बा ६६ प ४४३४ नम्बरको मोटरसाइकल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ निवासी नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी क

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 498 पटक पढिएको
  • नक्कली हतियारसहित दुई जना कोटेश्वरबाट पक्राउ

    काठमाडौं— नक्कली राइफल र पेस्तोल बोकेर हिँडिरहेका दुई जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले गएराति उनीहरूलाई नक्कली हतियारसहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा झापा स्थायी घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम स्थायी घर भई काठमाडौंको जडीबुटी क्षेत्रमा बस्दै आएका कुमार लोहार रहेका छन्।प्रहरीका अनुसार उनीहरूको साथबाट थ्री नट थ्री राइफलजस्तै देखिने डमी लामो हतियार एक थान, कटुवा पेस्तोलजस्तै देखिने डमी सानो हतियार दुई थान, खुकुरीजस्तै फलामले बनेका दुई थान हतियार तथा एक थान मोटरसाइकल बरामद गरिएको छ।सीसीटीभी

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 614 पटक पढिएको
  • दुई वर्षदेखि कोरिया जान नपाएको भन्दै ईपीएस पास युवाको काठमाडौंमा प्रदर्शन

    काठमाडौं— रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। दुई वर्षअघि ईपीएस भाषा परीक्षा र सिप तालिम सफलतापूर्वक पूरा गरे पनि कोरिया जान नपाएको भन्दै उनीहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।प्रदर्शनकारी युवाहरूले लामो समयसम्म रोस्टरमा राखेर पनि रोजगारीका लागि कोरिया पठाउने प्रक्रिया अघि नबढाइएको आरोप लगाएका छन्। पटक–पटक माग राख्दा पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरू विगत केही समयदेखि निरन्तर आन्दोलनमा उत्रिएका छन्। समस्या समाधान नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी उनीहरूले दिएका छन्।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 572 पटक पढिएको
  • रवि लामिछानेविरुद्ध अभियोग फिर्ता गर्ने निर्णयमाथि सर्वोच्चमा सुनुवाइ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ।आइतबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटको सुनुवाइ भइरहेको हो।यसअघि माघ ८ गते न्यायाधीश शर्मा र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिए पनि न्यायाधीश ढकालले हेर्न नमिल्ने जनाएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसभन्दा अघि माघ ६ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्त

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 500 पटक पढिएको
  • नागढुंगामा खैरो हेरोइनसहित युवक पक्राउ

    काठमाडौं— नागढुंगा चेकपोइन्टबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् ।प्रहरीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँचका क्रममा ७ ग्राम खैरो हेरोइन बरामद गरेको हो। प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको संयुक्त टोलीले बसमा सवार न्यौपानेलाई पक्राउ गरेको हो।शंकाको आधारमा गरिएको व्यक्तिगत तलासीका क्रममा न्यौपानेले ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइ राखेको ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रह

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 529 पटक पढिएको
  • ३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

    काठमाडौं— तीन दिनदेखि बेपत्ता रहेका प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका हुन्।  घोराही–२, रामपुर स्थायी ठेगाना भएका जिसी जिल्ला प्रहरी कार्यालयका चालकसमेत थिए। ८ गते बिहान ड्युटी सकेर स्कुटी लिएर घरबाट निस्किएका जिसी त्यसयता सम्पर्कविहीन भएका थिए। प्रहरीद्वारा खोजतलास गर्ने क्रममा उनको शव घोराही–१८ स्थित घरडौरा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 483 पटक पढिएको
  • रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज एकल इजलासमा सुनुवाइ हुँदै

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ।चौधरीले कैलाली क्षेत्र नम्बर–१ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ हुने भएको हो।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 524 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.