काठमाडौं— रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। दुई वर्षअघि ईपीएस भाषा परीक्षा र सिप तालिम सफलतापूर्वक पूरा गरे पनि कोरिया जान नपाएको भन्दै उनीहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारी युवाहरूले लामो समयसम्म रोस्टरमा राखेर पनि रोजगारीका लागि कोरिया पठाउने प्रक्रिया अघि नबढाइएको आरोप लगाएका छन्। पटक–पटक माग राख्दा पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरू विगत केही समयदेखि निरन्तर आन्दोलनमा उत्रिएका छन्। समस्या समाधान नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी उनीहरूले दिएका छन्।