काठमाडौं— नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ।

चौधरीले कैलाली क्षेत्र नम्बर–१ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ हुने भएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो।