अपराध

    Showing 651-660 of 2,232 items.
  • बालेनको झापा–५ मा रहेको सम्पर्क कार्यालयमा तोड्फोड

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनको झापा–५ मा रहेको सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड भएको छ।झापाको कमल गाउँपालिका–२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले बताएको हो। सिसा फुटेको जानकारी पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 592 पटक पढिएको
  • पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप

    काठमाडौं— पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानले पाकिस्तान जानका लागि दिएको भिसा आवेदन सरकारले जानाजानी रोकिरहेको आरोप लगाएका छन् ।कासिम र उनका दाजु सुलेमान हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बसोबास गर्दै आएका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै कासिमले ९१४ दिनदेखि इमरान खानलाई एकान्त कारावासमा राखिएको र स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि स्वतन्त्र चिकित्सकीय उपचारबाट वञ्चित गरिएको दाबी गरेका छन् । उनले आफूहरू बाबुलाई भेट्न पाकिस्तान जान चाहँदा सरकारले भिसा प्रक्रिया नै अघि नबढाएको आरोप लगा

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 556 पटक पढिएको
  • गोली प्रहार गरेर अभियुक्तलाई समातियो, पैँसट्ठी तोला सुन बरामद

    काठमाडौँ। काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।  प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताउनुभयो ।उहाँका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् । 

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 355 पटक पढिएको
  • ब्राउन सुगरसहित तीन व्यक्ति पक्राउ

    सुनसरी— सुनसरी जिल्लामा लागू औषध कारोबार विरुद्ध गरिएको अभियानका क्रममा ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले माघ २० गते सुनसरीको कोशी गाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का सुक्दिप राई, सहिदभूमि गाउँपालिका–४ का साजन राई र सप्तरीका ईश्वर प्रसाद भगत रहेका छन्। सुक्दिप र साजनको साथबाट १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ भने ईश्वर प्रसाद भगतको साथबाट ३ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।पक्राउ प

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 629 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट पक्राउ

    धादिङ— २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्छी गाउँपालिका—१ बस्ने २४ वर्षीय बिशाल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।बिशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 575 पटक पढिएको
  • भद्रपुर विमानस्थलबाट १४४ ग्राम ब्राउन सुगरसहित महिला पक्राउ

    भद्रपुर— झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।माघ १९ गते साँझ विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा भद्रपुरबाट काठमाडौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ घर भएकी २६ वर्षीया रोशनी बुढालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार बुढाले लुकाइछिपाइ राखेको अवस्थामा १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको थियो। बरामद लागू औषधसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ परेकी बुढाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 477 पटक पढिएको
  • रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    मोरङ— मोरङको रंगेलीमा मुकेश कुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।ससुराली पुगेर पत्नीको हत्या गरेका मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको पाइएको छ । मुकेश बेलुका धनपट्टीस्थित ससुराली पुगेका थिए ।ससुरालीमै उनले पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुल

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 586 पटक पढिएको
  • व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

    काठमाडौँ। पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र अनिवार्य बनाउँदै लगिएको छ । राज्यले यसलाई ‘डिजिटल इकोसिस्टम’ एकीकरणको आधार मानेको छ ।  एउटै परिचयका आधारमा नागरिकले सेवा पाउने, कागजी झन्झट घट्ने र सेवा प्रवाह प्रभावकारी हुने सरकारी दाबी छ । व्यवहारमा कतिपय सेवा छिटो भएका पनि छन् । तर यस्तो प्रयोजनका लागि प्रयोग हुने व्यक्तिगत डाटा संरक्षणको विषय भने नेपालमा अझै नीति र कानुनविहीन अवस्थामा छ ।      नागरिकका नाम, ठेगाना, उमेर, पारिवारिक विवरण, बायोमेट्रिक सूचना, स्वास्थ्य अभिलेख, वित्तीय अव

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 272 पटक पढिएको
  • जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला

    गलेश्वर।  यहाँको रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।  बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्याग्दीको ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउनसक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन ग

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 274 पटक पढिएको
  • मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा

    काठमाडौं— भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट सोमबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा पर्नेमा सूर्यविनायक नगरपालिका–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन्। उनले बागमती प्रदेश ०२–०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३३ प १२८७ नम्बर राखेर चलाइरहेका अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट हराएको भनी सर्लाहीको कविलासी नगरपालिका–२ निवासी प्रकाश सिंहले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।मोटरसाइकलसहित नियन्त्रणमा आएका स

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 422 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.