काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनको झापा–५ मा रहेको सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड भएको छ।
झापाको कमल गाउँपालिका–२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले बताएको हो। सिसा फुटेको जानकारी पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





































