धादिङ— २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्छी गाउँपालिका—१ बस्ने २४ वर्षीय बिशाल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।