सुनसरी— सुनसरी जिल्लामा लागू औषध कारोबार विरुद्ध गरिएको अभियानका क्रममा ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले माघ २० गते सुनसरीको कोशी गाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का सुक्दिप राई, सहिदभूमि गाउँपालिका–४ का साजन राई र सप्तरीका ईश्वर प्रसाद भगत रहेका छन्। सुक्दिप र साजनको साथबाट १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ भने ईश्वर प्रसाद भगतको साथबाट ३ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






































