भद्रपुर— झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
माघ १९ गते साँझ विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा भद्रपुरबाट काठमाडौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ घर भएकी २६ वर्षीया रोशनी बुढालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुढाले लुकाइछिपाइ राखेको अवस्थामा १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको थियो। बरामद लागू औषधसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी बुढाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ।






































