अपराध

    Showing ५८१-५९० of २,२३२ items.
  • पशुपति मन्दिर परिसरमा सरसफाइ कर्मचारी भन्दै धम्की र असुली

    काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्राद्ध गर्ने भक्तजनहरूको चहलपहल देखिन्छ । यही भीडभाडको मौका छोपी दुई जना महिला कुचो बोकेर सफाइकर्मीको भेषमा त्यहाँ देखा पर्छन् । उनीहरूले पितृकार्य गर्न आएका मानिसहरूसँग जबर्जस्ती पैसा माग्ने गर्छन् । पैसा नदिए गालीगलौज गर्ने र दुःख दिने गरेको गुनासो छ ।श्राद्ध गराइरहेका पण्डितहरू समेत यस व्यवहारबाट वाक्कदिक्क भएका छन् । उनीहरूका अनुसार विरोध गरेमा श्राद्धका लागि ल्याइएका सामग्रीसमेत फालिदिने धम्की दिइन्छ । बाध्य भएर सहनुपरेको पण्डितहरूको भनाइ छ ।हिन्दू धर्मावलम्बीहरूका लागि यो स्थल केवल एउटा मन्दिर होइन आस्थाको केन्द्र,जीवन–मरणसँग गाँसिएको पवित्

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २०० पटक पढिएको
  • मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

    झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ ।मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै आफूलाई बाहिर निस्कन भन्दै हातपात गरेका थिए ।प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २११ पटक पढिएको
  • अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक रौतहटबाट पक्राउ

    रौतहट—  रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए ।डिएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • ५२५ पटक पढिएको
  • दोलखाको मालु मतदान केन्द्रमा बुथ कब्जाको प्रयास भएपछि अर्को मितिमा मतदान हुने

    रामेछाप— दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ ।बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।बुथ कब्जा गर्नको लागि कांग्रेस र नेकपाका कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेका थिए । नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • ४५९ पटक पढिएको
  • वडाध्यक्षमाथि एमाले कार्यकर्ताद्वारा कुटपिट

    कैलाली— कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु)माथि आक्रमण भएको छ।वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा वडाध्यक्ष शाहीमाथी आक्रमण भएको हो।उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।२०७९ को निर्वाचनमा शाहीसँग एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको बताइएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • ५२८ पटक पढिएको
  • रुपन्देहीमा रास्वपा उम्मेदवारमाथि आक्रमण, रास्वपाको घोर भत्र्सना

    काठमाडौं— देशभर उत्साहका साथ प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहँदा रुपन्देही क्षेत्र नं. २ मा भने राजनीतिक तनाव बढेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलसहितका नेता–कार्यकर्तामाथि आक्रमण भएको हो । उम्मेदवार खरेलसहितका नेता–कार्यकर्तामाथि भएको आक्रमणको पार्टीले घोर भत्र्सना गरेको छ ।निर्वाचनको पूर्वसन्ध्यामा रुपन्देहीको होटल नमोबुद्धमा रास्वपाको निर्वाचन परिचालन समितिको बैठक बसिरहेको अवस्थामा आक्रमण भएको रास्वपाले विज्ञप्ती मार्फत बताएको छ ।रास्वपा रुपन्देही जिल्ला समितिका अनुसार नेकपा (एमाले) का जिल्ला उप–सचिव बाबुराम पन्थी र युवा संघका अध्यक्ष कृष्ण कुमालसहितको

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • ४८० पटक पढिएको
  • सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गर्ने पूर्वसभामुखका ज्वाइँ पक्राउ

    काठमाडौं— सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरिरहेको आरोपमा पूर्व सभामुख एवं धनुषा १ का उम्मेदवार रामचन्द्र मण्डलका ज्वाइँ रमेश मण्डल पक्राउ परेका छन्।मौन अवधिमा सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको आरोपमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम बहादुर कुँवरले जानकारी दिए।उनका अनुसार सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट गाडी र चालक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको छ।सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेशका डीआइजी कृष्ण ढकालले पनि एक चारचक्के स्कारपियो गाडी र चालक नियन्त्रणमा लि

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • ५६८ पटक पढिएको
  • निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका युट्युबर रतन कार्की पक्राउ

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा युट्युबर रतन कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई बुधबार दिउँसो चितवनबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरिक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।सोमबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा कार्कीले राजनीतिज्ञसँगको अन्तर्वार्ता युट्युब तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनले मौन अवधि तोडेको प्रहरीको प्रारम्भिक बुझाइ छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको र यसबारे

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • ५०७ पटक पढिएको
  • वीरगन्जमा सुतली बमसहित तीन जना पक्राउ

    वीरगन्ज। सुतली बमसहित वीरगन्जमा तीन जना पक्राउ परेका छन्।बुधबार बिहान करिब २ बजे नेपाली सेना सहितको संयुक्त गस्ती टोलीले वीरगन्ज महानगरपालिका- १६ इनर्वा क्षेत्रबाट सुतली बमसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।संयुक्त गस्ती टोलीले उक्त क्षेत्रबाट सुतली बम ९ वटा, सेतो रङ्गको तार ५ मिटर, सुँगुरको टाउको १ वटा तथा अन्य बन्दोबस्तीका सामग्री बरामद गरेको जनाएको छ।नियन्त्रणमा लिइएका ती व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • ३६८ पटक पढिएको
  • निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

    भैरहवा- प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी मायादेवी

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • ३२७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.