रौतहट—  रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए ।

डिएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।