वीरगन्ज। सुतली बमसहित वीरगन्जमा तीन जना पक्राउ परेका छन्।
बुधबार बिहान करिब २ बजे नेपाली सेना सहितको संयुक्त गस्ती टोलीले वीरगन्ज महानगरपालिका- १६ इनर्वा क्षेत्रबाट सुतली बमसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
संयुक्त गस्ती टोलीले उक्त क्षेत्रबाट सुतली बम ९ वटा, सेतो रङ्गको तार ५ मिटर, सुँगुरको टाउको १ वटा तथा अन्य बन्दोबस्तीका सामग्री बरामद गरेको जनाएको छ।
नियन्त्रणमा लिइएका ती व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





































