अपराध

    Showing 511-520 of 2,232 items.
  • फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ

    फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो । कार्कीलाई मंगलबार काठमाडौँको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा उठाएको उजुरीपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा ‘तेल भिसा’ निर्माता तथा निर्देशक शङ्कर घिमिरे र उनकी श्रीमती ऋचा घिमिरेविरुद्ध ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो ।फिल्म ‘तेल भिसा’ ०८१ मंसिर ७ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्मले अमेरिका बस्दै आएका नेपाली समुदायको कथा उठाएको थिय

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 299 पटक पढिएको
  • नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

    रौतहट— प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो। अवैध सुनको किनबेच भइरहेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खानतलासी गर्दा नक्कली सुनका टुक्राहरू र अन्य उपकरणहरू फेला पारेको थियो ।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 494 पटक पढिएको
  • ओली–लेखकलाई १० वर्ष जेल सिफारिस गरिएको प्रतिवेदन सार्वजनिक गर्ने तयारी

    काठमाडौं— सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित आयोगले फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।प्रतिवेदन सार्वजनिक गर्ने विषयमा प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीहरूसँग आन्तरिक छलफल गरिरहेकी छन्। छलफलपछि मिति तय गरिने बताइएको छ।स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा अनुसन्धान गरी १०–१० वर्ष कैद सजाय सिफारिस गरिएको छ। साथै तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ पनि सोही सिफारिसमा परेका छन्।त्यस्तै सशस्त्

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 573 पटक पढिएको
  • रामेछापमा ससुराले गरे ज्वाइँको हत्या

    रामेछाप— रामेछाप जिल्लाको दोम्बा शैलुङ गाउँपालिका–४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार हिजो सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङले प्रहार गर्दा उनको मृत्यु भएको हो ।घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब ७ः३० बजे सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नदेखिएको प्रहरीले जनाएको छ । ‘ससुरालीमा दाजुभाइबीच सामान्य पारिवारिक विवाद रहेको र कसक

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 501 पटक पढिएको
  • लागू औषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट लागू औषध गाँजा जस्तो देखिने वस्तु करिब ३ किलो ४३५ ग्राम सहित थाइल्यान्डका नागरिक ३९ वर्षीय योङयुट थुइओनलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।थाइ एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला परेको हो । उनलाई थप आवश्यक अनुसन्धानको लागि लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्राम ७७० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-११ बसपार्क डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 452 पटक पढिएको
  • इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

    काठमाडौं— १७ वर्षीया इनिशा विकको न्यायको माग गर्दै राजधानीको माइतीघर मण्डलामा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।सामाजिक अभियन्ता नेल्शन घतानीसहितका अभियन्ताहरूले सोमबार ब्यानरसहित अभियान चलाउँदै सर्वसाधारणबाट हस्ताक्षर संकलन गरेका हुन्। “महिला तथा दलितमाथि हिंसा अन्त्य गर, पीडितलाई न्याय दे” लगायतका नारासहित प्रदर्शन गरिएको थियो।अभियन्ताहरूले इनिशा विकका दोषीमाथि कडा कारबाही गर्नुपर्ने र यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।उनीहरूले पीडितलाई न्याय नपाएसम्म अभियान जारी राख्ने चेतावनी समेत दिएका छन्।

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 517 पटक पढिएको
  • कालोपुलमा २६ तोला सुन चोरी गर्ने दुई जना पक्राउ, खुकुरी र तरबार पनि बरामद

    काठमाडौं— काठमाडौं महानगरपालिका–५, कालोपुलस्थित एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगङ्गा नगरपालिका–२ घर भएका २६ वर्षीय नीरज सापकोटालाई् पक्राउ गरेको हो।उपत्यका अपराध अनुसन्धान कार्यालय र स्थानीय प्रहरीको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामान चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले चोरीका विभिन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 534 पटक पढिएको
  • लेबनान–इजरायल तनावः मृत्यु हुनेको संख्या १,०२९ पुग्यो, २७ सय बढी घाइते

    एजेन्सी— लेबनानले मार्च २ देखि इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०२९ पुगेको बताएको छ ।लेबनानको जनस्वास्थ्य मन्त्रालयले आइतबार बताएअनुसार मार्च २ देखि देशमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०२९ पुगेको छ भने २,७८६ जना घाइते भएका छन्।आइतबारको आक्रमणमा लेबनानमा पाँच जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच, देशभरि आक्रमणहरू बढ्दै गएका छन्।इजरायली युद्धक विमानहरूले आइतबार दक्षिणी लेबनानको लिटानी नदीमा रहेको कास्मिया पुलमा प्रहार गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ कि उनीहरूले हिज्बुल्लाहका स्थानहरूलाई लक्षित गरेक

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 443 पटक पढिएको
  • मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

    मुस्ताङ— नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट रु १२ अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको छ भने रु २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो । हालसम्म कोरलानाकाबाट भित्रिएका दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।यसैगरी, मुस्ताङ भन्सा

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 436 पटक पढिएको
  • चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ

    काठमाडौं— महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने एक जना व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगङ्गा नगरपालिका२ घर भएका २६ वर्षीय नीरज सापकोटालाई  पक्राउ गरेको हो ।गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामान चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका विभिन्न सामानहरू सहित पक्राउ गरेको हो ।प्रहरीले उनीहरूको साथबाट सुनको ज

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.