काठमाडौं— १७ वर्षीया इनिशा विकको न्यायको माग गर्दै राजधानीको माइतीघर मण्डलामा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।
सामाजिक अभियन्ता नेल्शन घतानीसहितका अभियन्ताहरूले सोमबार ब्यानरसहित अभियान चलाउँदै सर्वसाधारणबाट हस्ताक्षर संकलन गरेका हुन्। “महिला तथा दलितमाथि हिंसा अन्त्य गर, पीडितलाई न्याय दे” लगायतका नारासहित प्रदर्शन गरिएको थियो।
अभियन्ताहरूले इनिशा विकका दोषीमाथि कडा कारबाही गर्नुपर्ने र यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
उनीहरूले पीडितलाई न्याय नपाएसम्म अभियान जारी राख्ने चेतावनी समेत दिएका छन्।






































