काठमाडौं / युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेको छ ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका—३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका—२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । रिजवानले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका—३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग
सिन्धुली / सिन्धुलीको दुधौली नगरपालिका–९ मा प्रहरीले ४४ दशमलव ३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शंकाका आधारमा रोकी जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको खैरो हेरोइन बरामद गरेको हो।पक्राउ पर्नेमा आफूलाई ‘जनजागरण खबर’ का समाचारदाता बताउने सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर पतारी गाउँपालिका–२ का २५ वर्षीय गुल्सन
भद्रपुर। यहाँको मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले रु दुई लाख ६६ हजार २५ बराबरका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामान नियन्त्रणमा लिएको हो । प्रहरीले विभिन्न प्रकारका मोबाइलका सहायक सामग्री र बालबालिकाका कपडा बरामद गरेको हो । प्रहरीका अनुसार मोबाइलका सहायक सामग्रीको मूल्य रु दुई लाख ५५ हजार ४२५ बराबर छ । यस्तै, बालबालिकाका कपडाको मूल्य रु १० हजार ६०० बराबर छ
काठमाडौं । नेपाल प्रहरीले अवैध हातहतियार नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानमा दुई महिनामै ८४ जना पक्राउ परेका छन्। वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरिएको अभियानका क्रममा ६७ थान विभिन्न प्रकारका हतियार र सयौं राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट ८, कोशीबाट १४, मधेसबाट ११, बागमतीबाट ५, गण्डकीबाट १८, लुम्बिनीबाट १३, कर्णालीबाट १० र सुदूरपश्चिमबाट ५ जना रहेका छन्।अभियानका क्रममा २ थान चाइनिज पेस्तोल, २ थान पेस्तोल, १ थान रिभल्भर, ९ थान कटुवा पेस्तोल, ४१ थान भरुवा बन्दुक, ९ थान बन्दुक र ३ थान एयरगन बरामद गरिएको छ
काठमाडौं— नेपाल प्रहरीले तीन महिनाको अवधिमा देशभरबाट हातहतियारसम्बन्धी कसुरमा संलग्न ८४ जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार गत वैशाख १ गतेदेखि असार मसान्तसम्म सञ्चालन गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन् ।प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न प्रकारका ६७ थान हातहतियार बरामद गरेको जनाएको छ । बरामद हतियारमा २ थान चाइनिज पेस्तोल, २ थान पेस्तोल, १ थान रिभल्वर, ९ थान कटुवा पेस
चितवन। जिल्लाका विभिन्न स्थानबाट ५७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ । जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ । कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उहाँले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो । उनीहरूबाट रु १
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीबाट काठमाडौतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायसमा सवार सिराहा मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम बरामद भएको छ ।उक्त लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बा.प्र.०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुलकुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अ
काठमाडौं / लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका—९ भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका—५ घर भएका २० वर्षीय सन्देश यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५—००१ ज ००८६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका बा।प्र।०२—०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषा कमला नगरपालिका—७ घर भएका २
काठमाडौं / लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।दक्षिणकाली नगरपालिका—५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६९० ट्याब्लेट र नाइट्राजेपाम २३६ ट्याब्लेट सहित काठमाडौं चन्द्रागिरी बस्ने बारा निजगढ नगरपालिका—१ घर भएका ३१ वर्षीय सुमन भण्डारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नेपालगंज उपमहानगरपालिका—४ बाट लागूऔषध खैरो हेरोइन १५३ ग्राम ९५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका—४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपा
गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका छ जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक÷एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।पक्राउ परेका प्रतिवादीबाट रू १३ लाख सात हजार ७२० जरिवाना रकम असुलउपर हुने उहाँको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.