अपराध

    Showing 351-360 of 2,232 items.
  • दीपक भट्टलाई अदालतमा बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं— सम्पत्ति शुद्धीकरण प्रकरणमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।दीपक भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश गरेको हो ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 506 पटक पढिएको
  • १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

    मोरङ— एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थारुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 475 पटक पढिएको
  • कास्कीमा ६२ वर्षीय बुबाको हत्या गर्ने छोरा पक्राउ

    पर्वत— कास्कीमा ६२ वर्षीय बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। रुपा गाउँपालिका–४ बागेडाँडाका ३४ वर्षीय भीमबहादुर भुजेललाई घटनाको भोलिपल्टै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले दिएको जानकारी अनुसार वैशाख १७ गते साँझ करिब पौने ७ बजे उनका बाबु रामबहादुर घर्ती अचेत अवस्थामा भेटिएका थिए। घटनास्थलमा पुग्दा उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको देखिएको थियो। प्रारम्भिक अनुसन्धानले घटना शंकास्पद देखिएपछि प्रहरीले यसलाई कर्तव्य ज्यानको आशंकामा हेरेको थियो।घटनापछि फरार रहेका भुजेललाई खोजी गर्दै जाँदा वैशाख १८ गते पोखरा महान

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 523 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

    काठमाडौं— जिल्ला अदालत सर्लाहीबाट रामबहादुर बम्जनले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन् ।लिटिल बुद्धको नामले चर्चित उनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते सफाइ दिएको हो।उनीविरूद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो । अदालतको फैसलासँगै उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ।बम्जनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० पुस २४ गते पक्राउ गरेको थियो।पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करो

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 535 पटक पढिएको
  • मोरङमा स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

    मोरङ— मोरङमा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकलाई शनिबार नियन्त्रणमा लिइएको हो। भारतको माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलीसँग १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।यसअघि शुक्रबार सोही विमानस्थलबाट धरान–१८ का ३५ वर्षीय दिलीप तामाङ पनि पक्राउ परेका थिए। उनीसँग ११ लाख रुपैयाँ नगद बरामद गरिएको थियो, जसको स्रोत खुल्न सकेको छैन।प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 435 पटक पढिएको
  • भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

    अदानचुली। खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।शनिबार प्रहरीले वडा सदस्य रोकाया घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद ११० ग्राम लुकाइछिपाइ राखेको अवस्थमा फेला पारेको उहाँले बताउनुभयो ।वडा सदस्य रोकायाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 188 पटक पढिएको
  • ठगीको अभियोगमा सात जना पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट रु तीन करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको हो ।तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्रीलाई पक्राउ गरिएको हो । अभियुक्त लिम्बू र मगरले जापानको प्रलोभनमा पारेर ११ जनाबाट रु एक करोड दुई लाख उठाएका थिए ।त्यसैगरी, थापाले

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 184 पटक पढिएको
  • आफ्नै बुबाको हत्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ

    रौतहट— रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ ९साबिक जयनगर गाविस–४० का ४९ वर्षीय राम विलास महतो रहेका छन्।जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई लुकिछिपी बसेको अवस्थामा चितवनबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०६४ जेठ २० गते राति साबिक जयनगर गाविस–४ स्थित गोठ घरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्याको मुख्य कारण ऋण र जग्गा विवाद देखिएको छ । अभियुक्त राम विलासले गाउँका धेरै व्यक्तिसँग ऋण लि

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 491 पटक पढिएको
  • लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

    काठमाडौं— बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 465 पटक पढिएको
  • व्यवसायी शेखर गोल्छाको मुद्दा आज पनि सुनुवाइ नहुने

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।गोल्छाको रिहाइको रिहाइको माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट कामु न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासमा सुनुवाइको लागि दोस्रो नम्बरमा पेसीमा चढेको थियो । तर उक्त मुद्दा हेर्न नमिल्नेमा परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।यसअघि बुधबार न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो ।यसअघि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 477 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.