काठमाडौं— सम्पत्ति शुद्धीकरण प्रकरणमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

दीपक भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश गरेको हो ।