मोरङ— मोरङमा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकलाई शनिबार नियन्त्रणमा लिइएको हो। भारतको माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलीसँग १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

यसअघि शुक्रबार सोही विमानस्थलबाट धरान–१८ का ३५ वर्षीय दिलीप तामाङ पनि पक्राउ परेका थिए। उनीसँग ११ लाख रुपैयाँ नगद बरामद गरिएको थियो, जसको स्रोत खुल्न सकेको छैन।

प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।