काठमाडौं— बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।