बाजुरा— बाजुरा–हुम्ला सीमा क्षेत्र अन्तर्गत हिमाली गाउँपालिका–३ लाम्पाटामा उत्पन्न भएको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ ।बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटक माथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सर्वदलिय बैठकले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषी माथि कानुनी कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सो क्षेत्रमा सुरक्
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ घर भएर तारकेश्वर बस्ने १८ वर्षीय उज्ज्वल मगर छन् । वैशाख ४ मा आरोपी सहितका ४–५ जनाले खोटाङ घर भएका १९ वर्षीय नवराज गिरीलाई चक्कु प्रहार गरेको आरोप छ ।प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आरोपीलाई बुधबार ललितपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । आरोपीविरुद्ध प्रहरी वृत्त बालाजुले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अ
वीरगन्ज— समयमा काम सम्पन्न नगरेको भन्दै पप्पु कन्ट्रक्सन प्रालिका संचालक सुमित रौनियारको नाममा पक्राउ आदेश जारी भएको छ ।विगो सम्बन्धि मुद्दामा दोषि ठहर भइ दुई वर्ष कैदको सजाय तोकिएका रौनियारलाई पक्राउ गरी उपस्थित गराउन पर्सा जिल्ला अदालतले प्रहरीको नाममा पक्राउ पुजी जारी गरेको हो ।वीरगन्ज महानगरपालिका वडा नम्बर १४ निवासी प्रमोद निर्माण सेवाका संचालन मनोज पटेलले दिएको विगो सम्बन्धि मुद्दामा दोषि ठहर भएका रौनियालाई पक्राउ गर्न पर्सा जिल्ला अदालतले गत बैशाख ३१ गते प्रहरीको नाममा आदेश जारी गरेको हो ।आदेश जारीभएको सात दिन वित्दा समेत रौनियारलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गर्न सकेको छैन ।
विराटनगर— झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका(१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम
बाजुरा— हुम्ला सीमा विवादका कारण साइपाल हिमालको रानीसैन बेसक्याम्पतर्फ गएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली बीचमै फर्किएको छ।‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत पर्यटन प्रवर्द्धनका लागि गएको टोलीलाई हिमाली गाउँपालिका–३ को लाम्पाटामा स्थानीय आक्रोशित समूहले अवरोध गर्दै ढुंगामुढा गरेको थियो। घटनापछि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरू भागेर ज्यान जोगाउन बाध्य भएका थिए।स्थानीयका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले लाम्पाटा क्षेत्र आफ्नो भएको दाबी गर्दै विरोध जनाएका हुन्। प्रदेश सरकारले उक्त क्षेत्रमा प्रहरी चौकी निर्माणका लागि बजेट वि
सर्लाही— पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा। गुणेश्वर झा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक पटक धम्की दिएको आरोपमा झालाई पक्राउ गरिएको हो ।पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे समाचार तयार गरेका थिए ।समाचार सार्वजनिक भएपछि डा.झाले समाचार हटाउन दबाब दिने, फोन तथा सामाजिक सञ्जालमार्फ
काठमाडौं— लागूऔषध पोलेनसहित दुई जना पक्राउ परेका छन् ।गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय बिनोद अधिकारी रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेट सहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यसैगरी, उदयपुर, उदयपुरगढी गाउँपालिका-४ तितिरेबोट लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मि
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा चर्किएको भिजिट भिसा प्रकरणमा अर्को मुद्दा चलाएको छ।भिजिट भिसा सेटिङ गरी युवाहरूबाट लाखौँ घुस लिएर भ्रष्टाचार गरेको भनिएको मुद्दामा डीएमसी ट्राभल प्रालिका तत्कालीन मार्केटिङ अफिसर दीपक थापाविरुद्ध आरोपपत्र दायर गरिएको हो।आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार थापाले पहिले सरकारी साक्षीका रूपमा बयान दिएका थिए । तर विशेष अदालतमा बकपत्र गर्दा आयोगमा दिएको बयानको प्रतिकूल उभिएपछि भ्रष्टाचार मुद्दा चलाइएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले यसबारे मंगलबार जानकारी दिइएको छ।आयोगको अनुसन्धान अनुस
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्ण कुमार कार्की विरुद्ध उठेको विवाद प्रतिनिधि सभासम्म पुगेको छ।मंगलबार बसेको संसद बैठकमा नेकपा (एमाले) की सांसद पार्वती विकले सामाजिक सञ्जालमा चर्चामा रहेको आरोपबारे सरकारको ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।सांसद कार्कीमाथि एक नाइजेरियाली महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेपछि विषयले राजनीतिक तरंग पैदा गरेको हो। संसदमा बोल्दै विकले यस्ता घटनाले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छविमा असर पुग्ने बताइन्। उनले निष्पक्ष छानबिन गरी आरोप पुष्टि भए कानुनी तथा संसदीय कारबाही गर्न सरकारसँग माग गरिन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.